म्याङकुट आँधीले चीनको पनि जनजीवन अस्तव्यस्त

 असोज १, २०७५ सोमबार १०:१७:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

म्याङकुट आँधीले चीनको जनजीवन अस्तव्यस्त पारेको छ । आँधीका कारण दुई जनाको ज्यान गएको छ ।

फिलिपिन्स पछि पुगेको आँधीले चीनका २५ लाख मानिस विस्थापित भएका छन् ।  दक्षिणी चीनमा डुबान हुनुका साथै तीव्र गतिमा हुरी चलिरहेको  विविसीले जनाएको छ । प्रतिघण्टा १ सय ६२ किलोमिटरको गतिमा आएको आँधीका कारण उडान रद्द भएका छन् भने रेल सेवा र मुख्य सडक बन्द भएका छन् । 

आँधीको बढी प्रभाव परेको ग्वाङडुङ प्रान्तमा उच्च सतर्कताका साथ घरहरू बन्द गरिएका चिनियाँ अधिकारीले बताएका छन् । फिलिपिन्समा यहि आँधीका कारण ६४ जनाको ज्यान गइसकेको छ । 

फिलिपिन्सको आपतकालका लागि खटिएको टोलीले पहिरोमा फसिरहेकाहरूको उद्धार गरिरहेको जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया