मनोनयन फिर्ताको अघिल्लो दिन गोरखामा सत्ता गठबन्धनको बैठक : मित्रवत् प्रतिस्पर्धा गर्ने

 बैशाख १५, २०७९ बिहिबार १३:१६:५० | किरण लोहनी
unn.prixa.net

गोरखा – गोरखामा रहेका सत्ता गठबन्धनका दलहरुले आगामी पालिका तह चुनावमा मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गरेका छन् । उम्मेद्वारको मनोनयन फिर्ता लिने अघिल्लो दिन आज बिहान बसेको बैठकले गठबन्धन दलका नेताहरुबीच पटक-पटक छलफल गर्दा र केन्द्रको निर्देशन पश्चात पनि सहमति हुन नसकेकाले निर्वाचनमा मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गरेको हो ।

केन्द्रीय गठबन्धनको बुधवार बैशाख १४ गतेको बैठकको निर्णय अनुसार गोरखाको कुनै पनि तहमा गठबन्धन बाहेकका दलहरुसँग तालमेल नगर्ने पनि निर्णय गरिएको छ । गठबन्धन दलहरुले सहमतिका लागि आगामी दिनमा छलफल जारी राख्ने निर्णय गरेका छन् ।

बैठकमा गठबन्धन संयन्त्रका संयोजक एवम् नेपाली कांग्रेसका सभापति नन्दप्रसाद न्यौपाने एवम् सदस्यहरु नेकपा माओवादी केन्द्रका अध्यक्ष लेखबहादुर थापा, नेकपा एकीकृत समाजवादीका यादवबहादुर बस्नेत र जनता समाजवादी पार्टीका अध्यक्ष यानप्रसाद भट्टको सहभागीता रहेको थियो । संयन्त्र सदस्य बाहेक बैठकमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य परशुराम रम्तेल, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य ज्ञानेन्द्र कुमाल, नेकपा एकीकृत समाजवादीका जिल्ला इन्चार्ज जुद्धविलाश भण्डारी र नेपाली कांग्रेसका जिल्ला सचिव किशोरजंग थापाको सहभागिता रहेको थियो ।
 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया