गोरखामा जन्ती चढेकाे जीप दुर्घटना, ३ जनाको ज्यान गयाे

 बैशाख १९, २०७९ सोमबार १९:५४:५४ | किरण लोहनी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

गोरखा – गोरखाको सिरानचोक गाउँपालिका ५ आरुबोटेमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएकाे छ । 

बा १४ च ७८१ नम्बरको जीप आज बेलुकी आरुबोटेको फिरफिरे भिरबाट तल खसेर दुर्घटना भएकाे प्रहरी उपरीक्षक (एसपी) केदार खनालले बताउनुभयो । गोरखामा जन्ती आएर चितवन फर्कँदै गरेकाहरू चढेको जीप दुर्घटना भएकाे हो । 

घटनास्थलमा केहीबेरअघि प्रहरी टाेली पुगेको छ । मृतकको पहिचान र अन्य विवरण आउन बाँकी रहेको एसपी खनालले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया