धनकुटाका कैदीबन्दीमा आँखाको समस्या

 असोज २, २०७५ मंगलबार १८:०:३१ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा – जिल्ला कारागार धनकुटामा रहेका अधिकांश कैदीबन्दीको आँखामा समस्या देखिएको छ ।

संविधान दिवसको अवसरमा नेपाल नेत्र ज्योति संघ धनकुटाले मंगलबार कारागार कार्यालय धनकुटामा गरेको परिक्षणमा ६३ जना कैदीबन्दीहरुमा आँखामा समस्या देखिएको हो ।

चार महिलासहित ७२ कैदीबन्दी रहेको कारागारमा १२ जनालाई चस्मा लगाउनु पर्ने देखिएको छ भने अन्य सबैले औषधि प्रयोग गर्नु पर्ने भएकाले औषधि वितरण गरिएको नेपाल नेत्र ज्योति संघ धनकुटा अध्यक्ष द्रोण गुरागाँईले बताउनुभयो ।

बढी संक्रमण भएका १२ जना कैदीबन्दीलाई धनकुटा नगरापालिका–६, मा रहेको आँखा अस्पतालमा जाँच गरी चस्मा निःशुल्क उपलब्ध गराइने अध्यक्ष गुरागाँईले जानकारी दिनुभयो ।

जिल्ला अदालतको पुरानो भवनमा २५ जना क्षमताको कारागारमा ६५ जना कैदीबन्दी रहेका छन् । पटक–पटकको भूकम्पका कारण जीर्ण अवस्थामा रहेको कारागार ओसिलो भएका कारण पनि कैदीबन्दीहरुमा आँखाको संक्रमण बढेको चिकित्सकले बताएका छन् ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया