पालुङटारमा कांग्रेसका उम्मेदवारसहितका नेता, कार्यकर्ता चढेको कार सडकमै पल्टियाे

 बैशाख २९, २०७९ बिहिबार १८:३६:४ | किरण लोहनी
unn.prixa.net

गाेरखा – पालुङटार नगरपालिका ९ को कामीडाँडामा नेपाली कांग्रेसका उम्मेदवारसहित नेता, कार्यकर्ता चढेको कार दुर्घटना भएको छ । प्रदेश ३–०१–०२४ च १५४० नम्बरकाे कार ब्रेक फेल भएर अनियन्त्रित हुँदा सडकमै पल्टिएको हो ।

कारमा कांग्रेसका तर्फबाट वडा नम्बर ९ का अध्यक्षका उम्मेदवार भेजराज पाण्डे, कांग्रेस गण्डकी प्रदेशकी सदस्य रविकला खनाल, मोदनाथ मरहट्टा लगायत नेता चढेका स्थानीयवासी आमोस लामाले बताउनुभयो । 

रामज्योति प्रावि मतदान केन्द्र पुगेर फर्कन लागेका बेला ओरालो बाटोमा कार ब्रेक फेल भइ अनियन्त्रित भएर पल्टिएको उहाँले जानकारी दिनुभयो । कारमा चढेका सबैको अवस्था सामान्य रहेको छ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया