सहिदभूमि गाउँपालिकाकाे तीन वटा स्थलमा मतदान स्थगित

 बैशाख ३०, २०७९ शुक्रबार १४:४:८ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा –  मतदान प्रक्रियाको विषयमा लोकतान्त्रिक गठबन्धन र नेकपा एमालेका प्रतिनिधि बीच विवाद हुँदा सहिदभूमि गाउँपालिका वडा नं. ६ स्थित ठाकुरदेवी मावि र ६ नं. वडा कार्यालय मतदान केन्द्रका तीन वटै स्थलमा मतदान प्रक्रिया स्थगित भएको छ ।

मतदान प्रक्रियाको विषयमा दुवै पक्षबीच भएको विवादले केही समयको लागि मतदान कार्य स्थगित गरिएको मतदान केन्द्र–क का मतदान अधिकृत गणेश एडीले बताउनुभयाे । उहाँका अनुसार भित्र मतदान कार्य शान्तिपूर्ण वातावरणमा चलिरहेको थियो । बाहिरको वातावरण होहल्ला र हुलदंगा भएको खबर सुनियो । सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएपछि मतदान स्थगित भएको हो । स्थगित हुनुभन्दा अघिसम्म तीन वटै स्थलमा २० प्रतिशत भोट खसेको थियो ।

भोट हाल्न नसक्ने अशक्त तथा ज्येष्ठ नागरिक व्यक्तिको हकमा इच्छाइएको एक जना मात्रै व्यक्तिले भोट हाल्ने सहमति भएपनि एकै व्यक्तिले चार जना सम्मको भोट हालिदिएपछि गठबन्धनका प्रतिनिधिहरुले विरोध जनाएपछि विवाद भएको थियो । उक्त विवादपछि वडाध्यक्षका उम्मेदवार हेमकुमार राईले गठबन्धनका प्रतिनिधिहरु रामप्रसाद राई र नरेश राईलाई हातपात गरेको गठबन्धनको आरोप छ । 

मतदान प्रक्रिया स्थगित भएपछि अहिले दुवै पक्षका प्रतिनिधिहरुलाई राखेर सर्वदलीय बैठक बसीरहेको निर्वाचन कार्यालय धनकुटाका निर्वाचन अधिकाकारी जयराम श्रेष्ठले बताउनुभयाे ।
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया