मकवानपुरका धेरै मतदान केन्द्रमा पानी परेकाले भाेट हाल्नै समस्या

 बैशाख ३०, २०७९ शुक्रबार १४:४४:२० | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – मकवानपुरमा पानी परेकाले मतदान गर्न समस्या भएको छ । बिहान एक चरणमा धेरै मतदान गरिए पनि दिउँसो भने पानी परेकाले मतदान गर्नका लागि लाइन बस्न पनि समस्या भएको हो । 

जिल्लाका ३ सय ६५ वटा मतदान केन्द्रहरु मध्ये धेरै मतदान केन्द्र विद्यालयमा भएकाले केही सजिलो भए पनि मतदाताहरुले भने कठिनाइ भोगेका छन् । मतपेटिका भने सुरक्षित गरिएको छ । हेटौंडालगायत धेरै ठाउँमा दिउँसो ठूलो पानी परेकाले धेरै मतदाताहरु पानी रोकिएपछि मात्र मतदान गर्न जाने तयारी गरेका छन् । 

वर्षाको कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा मतदान गर्न असहज भएपछि केही मतदान केन्द्रमा मतदान कार्यक्रम स्थगित नै गरिएको छ । इन्द्रसरोवर १ मा रहेको चन्द्रोदय प्राविमा केही समयको लागि मतदान स्थगित गरिएको हो । वर्षा रोकिएपछि मतदान कार्यलाई निरन्तरता दिने बताइएको छ । त्यस्तै, त्यही गाउँपालिका वडा नम्बर २ मा रहेको पञ्चकन्या मावि मतदान केन्द्रमा भने पानीको प्रवाह नगरी उत्साहजनक रुपमा मतदान भैरहेको छ । पानीबाट जोगिन प्लास्टिक र छाताको सहारामा इन्द्रसरोवरका मतदाताहरुले मतदान गरिरहेका छन् । 

मकवानपुरका दश वटा पालिकाका ३ सय ६५ वटा मतदान केन्द्रबाट दुई लाख ९४ हजार ९१९ मतदाताले मतदान प्रक्रियामा सहभागिता जनाउँदैछन् । जसमध्ये १ लाख ४ ९ जना पुरुष , १ लाख ४४ हजार ९ सय ५९ जना महिला तथा ६ जना तेस्रो लिङ्गी रहेको निर्वाचन आयोग वाग्मती प्रदेश कार्यालय मकवानपुरको तथ्याङ्कमा उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया