हेटौँडा उपमहानगरको मत आजै रातिदेखि गन्न थालिने

 बैशाख ३०, २०७९ शुक्रबार १९:२९:५६ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – हेटौँडा उपमहानगरपालिकामा खसेको मत सिद्धार्थ माध्यमिक विद्यालयमा गणना हुने भएको छ । मतगणनाका लागि सबै तयारी पूरा भएको र आजै रातिदेखि गणना गर्ने गरी तयारी पनि थालिएको छ । हेटौँडाका १९ वटै वडाबाट मतपेटिका प्राप्त भएपछि गणना सुरु गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अहिले हेटौँडाका विभिन्न वडाबाट मतपेटिका सङ्कलनको काम भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदान अधिकृत, सहायक अधिकृत, कर्मचारी, सुरक्षाकर्मी लगायतकाको सहयोगमा मतपेटिका सङ्कलन भइरहेको मुख्य निर्वाचन अधिकृत डिल्ली रत्न श्रेष्ठले जानकारी दिनुभयो । 

यसैगरी मकवानपुरका दश वटै पालिकामा मतदानको काम सकिएको छ । मतदानको काम सकिएलगतै गणनाका लागि मतपेटिका सङ्कलन गर्ने काम सुरु भएको छ ।

आज मकवानपुरमा पानी परेकाले मतदातालाई मतदान गर्नका लागि निकै कठिनाइ भयो । पानी पर्ने पूर्वअनुमान गरिए पनि सावधानी नअपनाउँदा मतदातालाई समस्या भएको हो । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया