म्याग्दीमा ६६ प्रतिशत मत खस्यो, मतपेटिका गणनास्थल पुर्‍याइँदै

 बैशाख ३०, २०७९ शुक्रबार २०:१३:५६ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – म्याग्दीमा पालिका तह चुनावअन्तर्गत आज सम्पन्न मतदानमा ६६ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगले तोकेको निर्वाचन कार्य तालिकाअनुसार बिहान ७ बजेदेखि सुरु भइ साँझ ५ बजे सकिएको मतदानमा जिल्लाभर कुल ६६ दशमलव २३ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ ।

जिल्लामा पालिका तह चुनावका लागि कुल ८५ हजार ३ सय ७५ जना मतदाता रहेकोमा जम्मा ५६ हजार ५ सय ४३ अर्थात् ६६ प्रतिशत मत खसेको निर्वाचन कार्यालय प्रमुख एवं जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले बताउनुभयो । पुरुष ४१ हजार ४ सय १४ जना रहेकोमा २६ हजार ५ सय १० र महिला ४३ हजार ९ सय ६० रहेकोमा ३० हजार ३२ जना तथा अन्यतर्फ एकजना मतदाताले भोट खसालेका हुन् ।

मतदान प्रक्रिया सकिएलगत्तै आवश्यक तयारी पूरा गरी अहिले मतपेटिकाहरु सुरक्षितसाथ सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने क्रम जारी रहेको छ । म्याग्दीको बेनी नगरपालिकामा भने अधिकांश मतदानस्थलको मतपेटिकाहरु सदरमुकाम बेनीबजारस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइसकिएको छ ।

अन्य पालिकामा पनि मतपेटिका ल्याउने कार्य जारी रहेको जनाइएको छ । अहिले मतपेटिका बुझेर राख्ने काम भैरहेको हुँदा भोलि बिहान सर्वदलीय बैठक बसेर बेनी नगरपालिकाको मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले बताउनुभयो ।

एक नगरपालिका, पाँचवटा गाउँपालिका र ४५ वटा वडा रहेको म्याग्दी जिल्लामा पालिका तह चुनावको लागि कुल २ सय ३७ पदमा ७ सय १८ जना उम्मेदवारहरु प्रतिस्पर्धामा छन् ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया