हेटौँडा उपमहानगरपालिकाको मतगणना सुरु

 बैशाख ३१, २०७९ शनिबार ९:८:२३ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - हेटौँडा उपमहानगरपालिकाको मतगणना सुरु भएको छ । 

हेटौँडाको वडा नम्बर १ बाट मतगणना सुरु गरिएको मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो ।

अब हेटौँडा–२, १८ र १९ को मतगणना पनि तत्काल सुरु गर्ने तयारी रहेको उहाँले बताउनुभयो । हेटौँडाको सिद्धार्थ माध्यमिक विद्यालयको भवनमा मतगणना गरिएकाे छ । 

कुल १ लाख ४ हजार ४ सय ७३ मतदाता रहेको हेटौँडामा ७३ हजार ४ सय १४ मत खसेको थियो । तीमध्ये अहिले हेटौँडा उपमहानगरपालिका-१ को मतगणना गरिएकाे निर्वाचन अधिकृतको कार्यालय हेटौँडाले जनाएको छ ।


 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया