हेटाैँडामा १२ सय ५० मत गन्दा एकीकृत समाजवादी अगाडि, एमाले पछ्याउँदै

 बैशाख ३१, २०७९ शनिबार १५:३२:५१ | हरि हुमागाईं
unn.prixa.net

फाइल फाेटाे

मकवानपुर – हेटौँडा उपमहानगरपालिकामा चार वटा वडामा १२ सय ५० मत गन्दा गठबन्धनका तर्फबाट मेयरकी उम्मेदवार नेकपा एकीकृत समाजवादी अगाडि देखिएकाे छ । गठबन्धनका तर्फबाट मेयरकी उम्मेदवार मीनाकुमारी लामा १८ मतले अगाडि हुनुहुन्छ । एमालेका मेयरका उम्मेदवार अनन्तप्रसाद पाैडेलले लामालाई पछ्याउँदै हुनुहुन्छ ।

एकीकृत समाजवादीकी लामाले ३ सय ८८ मत प्राप्त गर्दा एमालेका पौडेलले ३ सय ७० मत प्राप्त गर्नुभएको छ । यस्तै राप्रपाका मेयरका उम्मेदवार दीपकबहादुर सिंहले ३ सय ४२ मत प्राप्त गर्नुभएको छ । 

यस्तै उपमेयरमा गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार राजेश बानियाँले ५ सय ७५ मत प्राप्त गर्दा एमालेका उपमेयरका उम्मेदवार सुमित्रा काफ्लेले ४ सय ८ मत र राप्रपाकी इन्दिरा न्यौपानेले ८८ मत प्राप्त गर्नुभएको छ ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया