मकवानपुरका कुन वडामा कुन दल विजयी ?

 जेठ १, २०७९ आइतबार ७:५८:३४ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - मकवानपुरको कैलाश गाउँपालिकाको वडा नम्बर १० मा नेकपा एमालेले वडाध्यक्षसहित प्यानलमा नै जित दर्ता गरेको छ ।

एमालेको तर्फबाट वडाध्यक्षका उम्मेदवार सूर्यबहादुर ब्लोनले ४३३ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका जनक लोप्चन ले ४०१ मत प्राप्त गर्नुभयाे । कांग्रेसका उम्मेदवार सूर्यबहादुर गोलेले भने ३५५ मत प्राप्त गर्नुभएकाे छ ।

यसैगरी मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ को वडाअध्यक्षमा नेपाली कांग्रेसका कुमार घिसिङ विजयी हुनुभएकाे छ । वडा अध्यक्षमा घिसिङले ४ सय ४८ मत प्राप्त गर्दै विजयी हुनु भएकाे हाे । वडा अध्यक्षका प्रत्यासीहरु एमालेका विनोद पुडासैनीले ३ सय ५० र माओवादीका गुन्जरत्न लुम्बाले २ सय ४४ मत ल्याउनु भएकाे हाे । 

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर २ बाट नेकपा माओवादी केन्द्रका बमबहादुर सिन्तानले ७३५ मतका साथ निर्वाचित हुनुभएकाे छ । त्यसैगरी माओवादी केन्द्रबाटै मनहरी गाउँपालिका वडा नम्बर २ का राजकुमार पाख्रिन पनि वडाध्यक्षमा निर्वाचित हुनुभएकाे छ । मनहरि गाउँपालिका वडा नं २ को वडाअध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार राजकुमार पाख्रीन विजयी हुनुभएकाे छ । 

कुल १४८३ मतमा ५४५ मत प्राप्त गरी पाख्रीन वडाअध्यक्ष पदमा निर्वाचित हुनुभएकाे छ । उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारले ४२४ मत पाउनु भएकाे थियाे भने अर्का प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारले ४२० मत प्राप्त गरेका थिए । त्यस्तै सदस्यहरुमा पनि नेकपा माओवादी केन्द्रका कृष्‍ण बहादुर रुम्बा, सुकराम मुक्तान,चमेली माया थिङ र कमला विश्‍वकर्मा विजयी भएका छन् । 

यसैगरी मकवानपुरगढी ८ मा कांग्रेसका कुमार घिसिङ विजयी हुनुभएकाे छ। उहाँले आफ्ना प्रतिष्पर्धीलाई ९८ मतले पराजित गर्नुभएकाे हाे । घिसिङले ४४८ मत ल्याउँदा एमालेका विनोद पुडासैनीले ३५० र माओवादीले २४४ मत ल्याउनु भएकाे छ । घिसिङ प्यानलसहित विजयी हुनुभएकाे छ । 

यसैगरी मनहरी गाउँपालिका–२ मा माओवादी विजयी भएको छ । माओवादीका उम्मेदवार राजकुमार पाख्रिन कांग्रेसलाई पराजित गर्दै विजयी हुनुभएकाे हाे । पाख्रिनले ५ सय ४५ मत ल्याउँदै विजयी हुनुभएकाे हाे । कांग्रेसका उम्मेदवारले ४ सय २४ मत ल्याउनु भएकाे थियाे । यस वडाबाट प्रमुख र उपप्रमुखमा गठबन्धनको पक्षमा बढी मत खसेको छ ।

यसैगरी इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ मा कांग्रेस विजयी भएको छ । कांग्रेसले करिब ३२ वर्षपछि विजयी भएको हो । कांग्रेसका युवा नेता सुमन श्रेष्ठ विजयी हुनुभएकाे हाे। त्यस क्षेत्रका युवा व्यवसायी श्रेष्ठले एमालेका उम्मेदवार वैकुण्ठ थापा मगरलाई फराकिलो मतअन्तरले पराजित गर्दै विजयी हुनुभएकाे हाे । यस वडामा अघिल्लो चुनावमा एमाले विजयी भएको थियो । श्रेष्ठ अघिल्लो पालिका चुनावमा पराजित हुनुभएकाे थियाे । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया