हेटौँडामा राप्रपा अगाडि आयाे, एकीकृत समाजवादी दाेस्राे नम्बरमा

 जेठ १, २०७९ आइतबार १९:३१:१५ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – हेटौँडा उपमहानगरपालिकाको चार वटा वडाको मतगणनामा राप्रपाका दीपकबहादुर सिंह पहिलो स्थानमा देखिनुभएकाे छ । सिंहले गठबन्धबाट एकीकृत समाजवादीकी मीनाकुमारी लामालाई उछिन्नुभएकाे हाे । 

अहिलेसम्म नाै हजार २९ मतगणना हुँदा राप्रपाका सिंहले दुई हजार सात सय १० मत, गठबन्धनकी उम्मेदवार लामाले दुई हजार ६ सय ६९ मत र नेकपा एमालेका अनन्त पौडेलले दुई हजार चार सय ३४ मत प्राप्त गरेका छन् । 

उपमेयरमा गठबन्धनका राजेश बानियाँले तीन हजार नाै सय ८२ मत प्राप्त गर्दा एमालेकी सुमित्रा काफ्लेले तीन हजार १६ र राप्रपाकी इन्दिरा न्यौपानेले आठ सय तीन मत प्राप्त गरेका गरेका छन् । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया