मकवानपुरको कैलाश गाउँपालिकाको अध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी

 जेठ २, २०७९ सोमबार १२:२४:३४ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - मकवानपुरको कैलाश गाउँपालिकाको अध्यक्षमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् ।

गठबन्धनकाबाट नेपाली कांग्रेसका उम्मेदवार लोकबहादुर मुक्तान र उपाध्यक्षमा माओवादी केन्द्रका बालकुमार मल्ल विजयी हुनु भएको हो ।

मुक्तानले ४ हजार ८ सय ९७ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार नरेन्द्रलाल रिजालले ४ हजार ९३ मत पाउनुभयो । यस्तै उपाध्यक्षमा विजयी मल्लले ४ हजार ८८ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सुकुमाया थिङले ३ हजार ९ सय ३७ मत पाउनुभयो ।

यसअघि मकवानपुरका दु ईवटा पालिकाको नतिजा सार्वजनिक भइसकेको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार देवकृष्ण पुडासैनी र उमा दाहाल अध्यक्ष र उपाध्यक्षमा निर्वाचित हुनु भएको थियो ।

यस्तै भीमफेदी गाउँपालिकामा नेकपा एमालेका हिदम लामा र नेपाली कांग्रेसका सञ्जीव श्रेष्ठ अध्यक्ष र उपाध्यक्षमा निर्वाचित हुनु भएको छ ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया