चम्पादेवीकाे प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

 जेठ २, २०७९ सोमबार १५:४६:२८ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा – चम्पादेवी गाउँपालिका प्रमुखमा नेपाली कांग्रेस उम्मेदवार नवराज केसी ४ हजार ७ सय १५ मत ल्याएर विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार खड्गबहादुर कार्कीलाई १ सय ५५ मतान्तरले पराजित गर्नुभएको हो । पराजित कार्कीले ४ हजार ५ सय ६० मत पाउनुभयो ।

उपाध्यक्षमा एमालेका दिलमाया मगर विजयी हुनुभयो । मगरले ४ हजार ६ सय १४ मत पाउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कुषा मगरले ४ हजार ४ सय ४७ मत पाउनु भएको छ ।  दिलमाया एमालेबाट विजयी हुने पदाधिकारीमध्ये जिल्लामा पहिलो हुनुहुन्छ । एमाले मोलुङ र लिखु गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा जित नजिक रहे पनि एमालेको पदाधिकारीमा विजयी खाता उहाँले नै  खोल्नुभएको हो ।  

यहाँका १० वडामध्ये ७ मा कांग्रेस २ मा एमाले र १ मा माओवादीले जित हात पारे । २०७४ को निर्वाचनमा प्रमुख उपप्रमुख दुवै कांग्रेसले जितेको थियो । वडामा पनि ७ कांग्रेस २ माओवादी र १ एमालेले जितेका थिए ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया