भरतपुरमा रेनु दाहाल २३ मतले पछाडि

 जेठ २, २०७९ सोमबार १८:३१:३८ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा भइरहेको छ । 

पछिल्लो मत परिणामअनुसार माओवादी केन्द्रकी रेनु दाहाल २३ मतले पछि पर्नु भएको छ । उहाँलाई एमालेका उम्मेदवार विजय सुवेदीले उछिन्नु भएको हो । 

पछिल्लो मत परिणामअनुसार सुवेदीले ४ हजार ९ सय ५३ मत ल्याउनु भएको छ भने माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ४ हजार ९ सय ३० मत प्राप्त गर्नु भएको छ । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले पनि मत बढाइरहनुभएकाे छ । उहाँले २ हजार २ सय ९० मत प्राप्त गर्नु भएको छ । 

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीको अग्रता छ । उहाँले ५ हजार ९ सय १३ मत पाउनु भएको छ । एमालेकी हिमला गुरुङले ३ हजार ९ सय ६५ मत प्राप्त गर्नु भएकाे छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया