रुकुम पश्चिम – बाँफिकोट गाउँपालिका अध्यक्षमा कांग्रेसका बाँठा विजयी

 जेठ ३, २०७९ मंगलबार ९:५१:१७ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस उम्मेदवार जनककुमार बाँठा विजयी हुनुभएको छ । उहाँले ४ हजार ४५५ मत ल्याएर जित हासिल गर्नुभएको हो । बाँठाका निकटतम प्रतिद्वन्द्वि माओवादी केन्द्रका उम्मेदवार चन्द्रबहादुर केसीले ४ हजार ४२४ मत प्राप्त गर्नुभएको  छ । बाँठाले केसीलाई ३१ मतान्तरले पराजित गर्नुभएको हो ।
 
त्यसैगरी गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी तारा बुढा केसी विजयी हुनुभएको छ । उहाँले ४ हजार ५६० मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वि नेपाली कांग्रेसकी उम्मेदवार नन्दा कुमारी नाथले ४ हजार १६० मत ल्याउनुभएको छ । उपााध्यक्ष पदमा ४ सय मतान्तर रहेको छ ।
 
बाँफिकोटका १० वडा मध्ये ८ वटामा माओवादी केन्द्र र दुई वडामा कांग्रेस विजयी भएकाे छ । ती वडामा कांग्रेस र एमालेबीच तालमेल भएकाे थियाे ।  

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया