लमजुङका तीन पालिकामा एमाले र दुईमा कांग्रेस विजयी

 जेठ ३, २०७९ मंगलबार १५:५९:२१ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङका विभिन्न पालिकाको मत परिणाम सार्वजनिक गरिएको छ । यो समाचार तयार पार्दासम्म जिल्लाका दुई नगरपालिका र तीन गाउँपालिका गरी पाँच वटा पालिकाको चुनावी मत परिणाम सार्वजनिक भएको छ ।

चार नगरपालिका र चार गाउँपालिका गरी आठ वटा पालिका तह रहेको लमजुङमा हालसमम सुन्दरबजार नगरपालिका, बेसीशहर नगरपालिकाका साथै दोर्दी गाउँपालिका, दूधपोखरी गाउँपालिका र मर्स्याङ्दी गाउँपालिकाको मत परिणाम सार्वजनिक भइसकेको छ ।

जिल्लाको सुन्दरबजार नगरपालिकाको मेयरमा कांग्रेसका कृष्णप्रसाद कोइरालाले ६ हजार ६ सय ४१ मतसहित निर्वाचित हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी एमालेका भीमबहादुर गुरुङले ६ हजार ३६ मत पाउनुभयो । यसैगरी, सुन्दरबजार नगरपालिकाको उपमेयरमा एमाले उम्मेदवार भवानी केसी निर्वाचित हुनुभएको छ । उहाँले ५ हजार १८ मत ल्याउनुभएको हो । उहाँका प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका रामबाबु अधिकारीले २ हजार २ सय ४ मत ल्याउनुभयो । यस्तै, उपमेयर पदका स्वतन्त्र उम्मेदवार द्वारिका प्रसाद मिश्रले ४ हजार ४ सय ७५ मत पाउनुभयो । यस नगरपालिकामा २० हजार ७ सय ९६ मतदाता रहेकोमा स्थानीय तह चुनावमा १४ हजार ५६ मत खसेको थियो ।

यसैगरी, बेसीशहर नगरपालिकाको मेयर उपमेयर दुवैमा एमाले विजयी भएको छ । बेसीशहर नगरपालिकाको मेयरमा एमालेका गुमानसिंह अर्याल ८ हजार ४ सय ७९ मत ल्याएर निर्वाचित हुनुभएको हो । उपमेयरमा एमालेकै उम्मेदवार पद्मा गुरुङ ८ हजार ७ सय १४ मत ल्याएर निर्वाचित हुनुभएको छ ।

दोर्दी गाउँपालिका अध्यक्षमा पनि एमाले उम्मेदवार युवराज अधिकारी ४ हजार ७ सय ३१ मत ल्याएर निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार विच्छबहादुर घले ४ हजार ९ सय ५८ मत ल्याएर निर्वाचित हुनुभयो ।

यस्तै लमजुङको मर्स्याङ्दी गाउँपालिका अध्यक्षमा एमालेका अर्जुन गुरुङ, उपाध्यक्षमा एमालेकै जुनामाया थापा निर्वाचित हुनुभएको छ ।

दूधपोखरी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका धनप्रसाद गुरुङ र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका क्षेत्रबहादुर गुरुङ निर्वाचित हुनुभएको छ ।

जिल्लाको राइनास नगरपालिका, मध्यनेपाल नगरपालिका र क्वहोलासोँथर गाउँपालिकाको मत परिणाम आउन बाँकी छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया