दुनियाँको पहिलो व्यक्ति जो चन्द्रमामा घुम्न जाँदैछन्

 असोज ४, २०७५ बिहीबार ८:५८:१ | उज्यालो सहकर्मी
unn.prixa.net

हामी चन्द्रमामा जाने सपना देख्छौँ । विज्ञान र प्रविधिको युगमा मानिस चन्द्रमामा पनि घुम्न जाने भैसकेका छन् । एलन मस्कको एयरोस्पेस कम्पनी स्पेसएक्सले चन्द्रमा भ्रमणमा जाने पहिलो यात्रीको नाम घोषणा गरिसकेको छ ।

चन्द्रमा भ्रमणमा ४२ वर्षीय जापानी अर्बपती युसाकु मायेजावा संसारको पहिलो ‘प्राइभेट प्यासेन्जर’ को रुपमा जाने भएका छन् । स्पेसएक्सका अनुसार यो मिसन सन् २०२३ को लागि निश्चित भएको छ । सन् १९७२ पछि चन्द्रमाको यात्रामा जाने उनी पहिलो यात्री हुन् । स्पेसएक्सले यसबारे मंगलबार क्यालिफोर्नियामा रहेको मुख्यालयमा जानकारी गराएको हो ।

तर पनि यो भ्रमण निश्चित छैन । भ्रमण रकेटमा निर्भरमा हुन्छ । जुन अहिलेसम्म बनिसकेको छैन । एलन मस्कले भने यो भ्रमण निश्चित हुने दावी गरेका छन् ।

स्पेसएक्सले सन् २०१६ मा बिग फ्याल्कन रकेट निर्माण गरेको थियो । यो रकेटबाट आम मानिसहरुका लागि चन्द्रमा भ्रमणको यात्रालाई सहयोग गर्ने अपेक्षा गरिएको थियो । 

चन्द्रमा भ्रमणमा निस्कने युकासु मायेजावा को हुन् ?

युसाकु जापानका व्यापारी हुन् । न्यूयोर्कमा आर्टिस्ट जीन मिशेल वास्केटको पेन्टिङलाई उनले ११०.५ मिलियन डलरमा किनेका थिए । त्यसपछि उनी निकै चर्चामा आएका थिए ।

यो यात्रामा मायेजावासँगै संसारका ६ जना आर्टिस्ट पनि सँगै जानेछन् । पृथ्वीमा फर्किएपछि  आफ्नो अनुभवलाई चित्रमा परिवर्तन गर्नका लागि उनले ती आर्टिस्टलाई पनि सँगै लैजाने निर्णय गरेको बताएका छन् ।

नयाँ रकेट

विश्वबाट अहिलेसम्म २४ व्यक्तिले चन्द्रमामा पाइला टेकिसकेका छन् । ती सबै अमेरिकी हुन् । सन् १९७२ मा अमेरिकी स्पेस एजेन्सी नासाले अन्तिम पटक चन्द्रमामा मानिसलाई लगेको थियो ।

युकासु मायेजावाले चन्द्रमामा पाइलामात्र टेक्नेछैनन् । उनले चन्द्रमामा यात्रा पनि गर्नेछन् । उनी बिग फ्याल्कन रकेटमार्फत अन्तरिक्षमा जानेछन् र फेरि पृथ्वीमा फर्केर आउनेछन् ।

गएको सोमबार मस्कले भीएफआरको नयाँ डिजाइनको एउटा तस्बिर ट्वीट गरेका थिए । जुन पछिल्लो स्पेसक्राफ्ट रकेटभन्दा भिन्नै छ । 

एलन मस्क सिलिकन भ्यालीका चर्चित व्यापारी हुन् । उनी इलेक्ट्रिक कार बनाउने कम्पनी टेस्लाका संस्थापक पनि हुन् । उनले सन् २००२ मा एरोस्पेसको कम्पनी स्पेक्सएक्स सुरु गरेर सन् २०१७ मा कम्पनीले डिजाइन गरेको रकेट अन्तरिक्षमा पठाउन सफल भएका थिए ।

बीबीसी हिन्दीबाट 
 

अन्तिम अपडेट: कात्तिक १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया