लुक्ला विमानस्थलबाट फर्किने विदेशी पर्यटकको सङ्ख्या बढ्याे

 जेठ ९, २०७९ सोमबार ९:१२:३१ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल लुक्लाबाट फर्किने यात्रुको चाप बढेको छ ।

खुम्बुमा पर्यटकीय सिजन सकिएसँगै विमानमार्फत काठमाण्डौ फर्किने विदेशी पर्यटकको चाप बढेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ । अहिले लुक्ला भित्रिने यात्रुको सङ्ख्या न्यून रहेको र दैनिक ३ सयभन्दा बढी पर्यटकहरु त्यहाँबाट फर्किने गरेका प्राधिकरण प्रमुख द्वारीका अछामीले जानकारी दिनुभयो ।

चाप बढेसँगै विमान कम्पनीहरुलाई भ्याइनभ्याइ भएको छ । देशकै बढी व्यस्त हुने विमानस्थल मध्येको एक लुक्लामा अहिले दैनिक ३० वटाभन्दा बढी उडान हुने गरेको छ भने त्यतिकै सङ्ख्यामा हेलिकप्टरहरुले उडान भर्ने गरका छन्।

काठमाण्डौबाट लुक्ला आउने प्रायजसाे जहाजहरु खाली नै हुने गरे पनि फर्किँदा पूरा यात्रु लिएर जाने गरेको विमान कम्पनीहरुले जनाएका छन् । फर्किने पर्यटकहरुको चाप बढी भए पनि मौसमले साथ नदिँदा कतिपय उडानहरु रद्द हुने गरेको छ।

केही दिनदेखि बिहानको समयमा मौसम धुम्मिने र मध्यान्नपछि मात्रै खुल्ने गरेकाले सोचेजस्तो उडान हुन नसकेको प्रमुख अछामीको भनाइ छ । खुम्बुमा वर्षको दुई सिजन फागुन अन्तिमदेखि जेठ मध्यसम्म र असोजदेखि मंसिरसम्मलाई मुख्य पर्यटकीय सिजन मानिन्छ। 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया