मनै भुलाउने लमजुङको गाईखुरे झरना (तस्बिरसहित)

 असार ४, २०७९ शनिबार १७:५७:१२ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ–केही उचाइबाट झरेको चिसो पानी । आडैमा कलकल मर्स्याङ्दी । मनोरम अनि शान्त वातावरण । मनै भुलाउने लमजुङको गाईखुरे झरना ।

डुम्रे–बेसीसहर सडक खण्डको छेउमै पर्ने बेसीसहर नगरपालिका–१, उदीपुरमा रहेको  गाइखुरे झरनामा रम्नेको अहिले भिड देख्न सकिन्छ । चिसो झरनाको पानीमा पौडी खेल्ने र नुहाउनेको भिड देख्न सकिन्छ । गाईखुरे झरना साथीभाइ भेटघाट गर्ने थलो पनि बनेको छ । 

चिसो बताससँगै कलकल झरेको झरनाको सुन्दर दृश्य अगाडि उभिएर तस्बिर खिच्नेको पनि उतिक्कै भिड देख्न सकिन्छ । पहाडको खोँचबाट झरेको झरनाको चिसो पानीमा खेल्न पाउँदा निकै खुशी मिल्ने झरनासम्म पुग्नेहरु बताउँछन् ।

सडक छेउमै भएकाले गाडी वा मोटरसाइकल रोकेर झरनामा एकैछिन भए पनि रमाउनेहरु धेरै छन् । शनिवार र बिदाको दिन तुलनात्मक रुपमा झरना हेर्नेको भिड बढी लाग्ने गर्छ । बर्खायाममा झरना हेर्न र यहाँ रमाउन पुग्नेहरुको भिड लाग्छ । तर हिउँदमा यो झरना प्राय : सुनसान जस्तै हुन्छ । हिउँदमा झरनामा पानी हुँदैन ।

नजिकै बगेको मर्स्याङ्दीकाे पानीलाई मोटरले तानेर झरनाबाट झार्न सके बाह्रै महिना पर्यटकलाई झरनासम्म तान्न सकिने र पर्यटन प्रवर्द्धन गर्न सकिने सरोकारवालाहरु बताउँछन् । यस झरनामा विगतमा विभिन्न समयमा ‘क्यनोनिङ’ हुने गरेको थियो । यहाँ ‘क्यानोनिङ’को पनि उतिक्कै सम्भावना छ ।

लमजुङमा गाईखुरे झरनामा मात्र नभएर बाह्रै महिना ‘क्यानोनिङ’ गर्न सकिने झरनाहरु पनि छन् । लमजुङको उत्तरी क्षेत्रमा पर्ने राइदु, घोप्टे, च्याम्चे, छहरे र तातोपानी खोलामा ‘क्यानोनिङ’को सम्भावना रहेकाे छ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया