नेपाल महिला संघ धनुकुटाले सीडीओमार्फत प्रधानमन्त्रीलाई बुझायाे ज्ञापनपत्र

 असोज ७, २०७५ आइतबार १६:३५:३३ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा – कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने दोषीमाथि कारबाहीको माग गर्दै नेपाल महिला संघ धनकुटाले प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाएको छ ।

पछिल्लो समयमा आएर मुलुकमा दण्डहिनता बढेको र बालिका तथा महिलाहरु दिन प्रतिदिन असुरक्षित बन्दै गएकाले उनीहरुको सुरक्षाको माग गर्दै संघले जिल्ला प्रशासन कार्यालय धनकुटा मार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाएका हुन् ।

नेपाल महिला संघ धनकुटाकी अध्यक्ष एवम् प्रदेश सांसद लिला सुब्बाको नेतृत्वमा जिल्ला प्रशासन पुगेका कांग्रेस कार्यकर्ताहरुले लामो समयसम्म पनि कञ्चनपुरकी बालिकाको बलात्कारपछि हत्या गर्ने दोषी पक्राउ नपर्नु दुःखद भएको उल्लेख गर्दै दोषीलाई तत्काल गिरफ्तार गरी कारबाही अगाडि बढाउन माग गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीलाई ज्ञापन–पत्र बुझाउँदै कांग्रेस नेता, कार्यकर्ताले देशमा बढिरहेको हत्या, हिंसा, अराजकता, दण्डहिनता र मंहगी तत्काल नियन्त्रण गर्न पनि सरकारसँग माग गरे ।

त्यस अवसरमा प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीले नेपाल महिला संघले बुझाएको ज्ञापन–पत्रमा उल्लेख गरिएको माग जायज भएको बताउँदै ती माग तत्काल सम्बन्धित निकायमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । ज्ञापन–पत्र बुझाउनु अघि कांग्रेस कार्यकर्ताको बिरोध ¥यालीले धनकुटा बजारको विभिन्न भागको परिक्रमा गरेको थियो ।
 
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया