स्रष्टालाई सम्मान गर्नु राष्ट्रिय दायित्व : प्रधानमन्त्री देउवा

 असार २६, २०७९ आइतबार १३:५१:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले स्रष्टाहरूलाई सम्मान गर्नु राष्ट्रिय दायित्व भएको बताउनुभएको छ । 

आज आइतवार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले आयोजना गरेको विभिन्न विधाका स्रष्टालाई पुरस्कार समर्पण कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले भाषा, साहित्य, संस्कृति, सङ्गीत, नाट्यलगायतका विधामा योगदान दिने स्रष्टाहरूको सम्मान गर्नु राष्ट्रिय दायित्व भएको बताउनुभएको हो । उहाँले भाषा, साहित्य, संस्कृति, सङ्गीत एवम् नाट्यलगायतका विधाहरू देशका गहना तथा सभ्यता र संस्कृतिको धरोहर रहेको बताउनुभयो । नेपालका संस्कृति तथा साहित्य राष्ट्रिय गौरवको विषय भएको उहाँको भनाइ छ । 

प्रधानमन्त्री देउवाले स्रष्टा र साधकहरूलाई सरकारले सम्मान गर्दै आएको उल्लेख गर्दै यस प्रकारको सम्मानले उनीहरूमा थप सिर्जनात्मक काम गर्न प्रेरणा मिल्ने बताउनुभयो । 

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले विभिन्न विधामा योगदान पु¥याउने ४३ जना स्रष्टालाई पुरस्कृत गरेको छ । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया