तीव्र गतिमा फैलिँदै कोरोना सङ्क्रमण, एकै दिन २ सय ६० जना सङ्क्रमित थपिए

 असार ३०, २०७९ बिहिबार १६:१२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिन थालेको छ । पछिल्लो समय सङ्क्रमण दर दिनदिनै बढिरहेकोमा पछिल्लाे २४ घण्टामा दुई सय ६० जनामा सङ्क्रमण पुष्टि भएको छ । 

पीसीआर र एन्टिजेन गरी तीन हजार आठ सय ४४ जनाको नमुना परीक्षण गर्दा दुई सय ६० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यस्तै २४ घण्टामा ४८ जना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा एक हजार एक सय ७१ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि ज्यान गएको छैन । 

थप ७२ हजार तीन सय २० जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया