काेराेना सङ्क्रमण बढे पनि नियन्त्रण गर्न सफल हुनेछाैँ : मन्त्री खापुङ

 साउन १, २०७९ आइतबार १७:३०:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले कोभिड–१९ सङ्क्रमण बढेकाे भए पनि नियन्त्रण गर्न सरकार सक्षम रहेको बताउनुभएको छ । केही हप्तायता कोभिड सङ्क्रमण बढिरहेकाे भए पनि नियन्त्रण गर्न सरकार सक्षम रहेको उहाँले दाबी गर्नुभएको हो । 

चिकित्सा शास्त्र अध्ययन संस्थानले आज आइतवार काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री खापुङले यस्ताे बताउनुभएकाे हाे । कोभिडविरुद्धको खोप लगाउन छुटेकाहरूलाई नजिकको स्वास्थ्य संस्थामा गइ लगाउन पनि उहाँकाे आग्रह छ । 

कार्यक्रममा बाेल्दै मन्त्री खापुङले कोभिड सङ्क्रमण बढेकाे उल्लेख गर्दै स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर सङ्क्रमणबाट बच्न पनि सबैलाई आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, ‘सरकारले घोषणा गरेको स्वास्थ्य मापदण्ड अपनाउनका लागि आह्वान गर्न चाहन्छु । कोरोना सङ्क्रमण दर वृद्धि भए पनि हामी नियन्त्रण गर्न सफल हुनेछौँ ।’

मन्त्री खापुङले कोभिडका कारण एक जनाको पनि ज्यान जान नदिन सरकार सजग रहेको पटक–पटक दोहोर्‍याउनुभयो । सरकारी तथ्याङ्कअनुसार अहिलेसम्म नेपालमा कोभिडका कारण ११ हजार नाै सय ५३ जनाकाे ज्यान गएकाे छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया