बुस्टर मात्राले गम्भीर बिरामी वा मृत्यु हुनबाट लगभग ८५ प्रतिशत सुरक्षा गर्छ : मन्त्रालय

 साउन २४, २०७९ मंगलबार १७:१२:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले काेभिड–१९ (कोरोना भाइरस) विरुद्धको पहिलो, दोस्रो र बुस्टर मात्रा खाेप लगाउन पुनः आग्रह गरेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाविरुद्धको खोपले नै गम्भीर अवस्थामा पुग्नबाट रोक्ने भएकाले जुन मात्रा लगाउनुपर्ने हो त्यो मात्रा खोप अनिवार्य लगाउन आग्रह गरेको हो । खोप लगाएका मानिसको तुलनामा नलगाएका मानिसमा सङ्क्रमणले गम्भीर बिरामी बनाउने सम्भावना १० गुणाले धेरै हुने भएकाले खोप लगाउनुपर्ने मन्त्रालयको भनाइ छ । खोप लगाएका कोरोना सङ्क्रमित निकै कम मात्रै गम्भीर अवस्थामा पुग्ने मन्त्रालयले जनाएको छ । 

यस्तै बुस्टर मात्राले गम्भीर बिरामी वा मृत्यु हुनबाट लगभग ८५ प्रतिशत सुरक्षा गर्ने मन्त्रालयले जनाएको छ । कोरोनाविरुद्धको खोप लगाउन, नाक र मुख छोपिने गरी मास्क लगाउन, भौतिक दुरीको ख्याल गर्न, खोक्दा वा हाच्छिउँ गर्दा पाखुरादेखि नाडीसम्मको भागले नाकमुख छोप्न, झ्याल सधैँ खुला राख्न र बेला–बेला साबुन पानीले मिचिमिची हात धुन पनि मन्त्रालयले आग्रह गरेको छ । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया