'अफसिजन' मा सगरमाथा क्षेत्र भ्रमण गर्ने विदेशी पर्यटक बढे

 साउन ३०, २०७९ सोमबार १६:४:१४ | सुवास दर्नाल
unn.prixa.net

फाइल तस्बिर

सोलुखुम्बु – अफसिजन (बेमाैसम) मा सगरमाथा क्षेत्र भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या बढेकाे छ । विगतका वर्षहरूमा भन्दा यस वर्ष सिजन सकिएपछि पनि भ्रमण गर्न आउने विदेशी पर्यटक बढी रहेका सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ । 

गएकाे वर्ष यही समयमा दैनिक दुई/तीन जना विदेशी पर्यटक मात्रै भ्रमणका लागि आउने गरेकाे खुम्बु क्षेत्रमा अहिले दैनिक १२/१४ जनासम्म भित्रिरहेका निकुञ्जको तथ्याङ्क छ । नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख द्ववारीका अछामीका अनुसार अहिले दैनिक तीन वटासम्म हवाई उडान हुने गरेको छ भने हेलिकप्टरले समेत दैनिक दुई दर्जनभन्दा बढी उडान गर्ने गरेको छ । 

खुम्बुमा वर्षको दुई सिजन वैशाख, जेठ, असार र असोज, कात्तिक, मङ्सिरलाई मुख्य पर्यटकीय सिजन मानिन्छ । सिजनमा पर्यटकले भरिभराउ हुने याे क्षेत्रमा सिजन सकिएसँगै चहलपहल कम हुने गर्दछ । तर यस वर्ष भने सिजन सकिएपछि पनि पर्यटक आइरहेका खुम्बु पासाङ ल्हामु गाउँपालिकाले जनाएको छ । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया