झण्डै  पाँच करोडको लागतमा पर्यटन पदमार्ग बन्दै

 भदौ ८, २०७९ बुधबार ११:४९:५१ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – पर्यटनको राम्रै गन्तव्यका रुपमा रहेको सोलुखुम्बुको सोलु-दूधकुण्ड नगरपालिकामा झण्डै पाँच करोड रुपैयाँको लागतमा पर्यटन पदमार्ग बन्ने भएको छ ।

पर्यटन-पूर्वाधार विकासका लागि नगरपालिकाको पहलमा पर्यटन विभागबाट पिकेडाँडा हुँदै दूधकुण्ड पोखरीसम्मको पर्यटक पदमार्ग निर्माणका लागि चार करोड ७७ लाख रुपैयाँ प्राप्त भएसँगै काम सुरु भएकाे छ । पिकेडाँडा–जुनबेसी–मोपुङ–थुप्तेन छोलिङ गुम्बा–सर्सवेनी–टाक्सिन्दु जोड्ने लक्ष्य राखिएको पदमार्गको शिलान्यास गर्दै सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङबु शेर्पाले नगरक्षेत्रको पर्यटनको विकासमा सहयोग पुग्ने यो पदमार्ग निर्माणको कामको गुणस्तरमा ध्यान दिन निर्माण कम्पनीलाई निर्देशन दिनुभयो ।

आवश्यक परेको खण्डमा पालिका सबै प्रकारको सहयोग गर्न तयार रहेकाले राज्यको लगानी भरपुर सदुपयोग हुने हिसाबले काम गर्न उहाँले आग्रह गर्नुभयोे । गएको असार २९ गते ठेक्का सम्झौता भई एक वर्षसम्म सम्पन्न गर्ने गरी प्राप्त बजेटले यस वर्ष पिके डाँडादेखि २० देखि २५ किलोमिटर पदमार्ग तयार गरिने निर्माण कम्पनी जलुकेनी निर्माण सेवा प्रा.लि.का प्रमुख ऋषिराज फुयालले जानकारी दिनुभयो ।

गरपालिकाको अथक प्रयासपछि पर्यटन विभागले रकम छुट्याएकाले कामको गुणस्तरमा कमी आउन नदिने उहाँले प्रतिबद्धता जनाउनुभयाे । पदमार्ग निर्माणका क्रममा तीन किलोमिटर सिँढी, चार किलोमिटर सोलिङ, दुई वटा विश्राम घर, एक सय घनमिटर जाली भर्ने, २५० घनभिटर मेसिनरी वाल, र आवश्यकता अनुसार काठेसाँघुलगायतका संरचना निर्माण गरिने पर्यटन विभागका इन्जिनियर रोशन खड्काले बताउनुभयो । स्थानीय स्तरमै उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गरी पदमार्ग निर्माण गरिने जनाइएको छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया