‘अफ सिजन’ मा पनि लुक्लामा हवाई उडान बाक्लियो

 भदौ १२, २०७९ आइतबार १२:२४:२६ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - सोलुखुम्बुको पर्यटकीय विमानस्थल तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई उडानको सङ्ख्या बाक्लिएको छ । ‘अफ सिजन’मा खुम्बु भ्रमणमा आउने विदेशीको सङ्ख्या बढेसँगै लुक्लामा हवाई उडानको सङ्ख्या बढेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्ला सोलुखुम्बुले जनाएको छ । यस वर्ष दैनिक ५ देखि ७ वटासम्म उडान भइरहेको प्राधिकरणका प्रमुख द्वारीका अछामीले बताउनुभयो।

विमानका प्रायजसाे यात्रुहरुमा विदेशी पर्यटकहरु नै रहेको उहाँको भनाइ छ । अछामीले भन्नुभयो–‘अघिल्लो वर्षहरुमा त यो मनसुन सिजनमा मुस्किलले दिनमा एउटा जति मात्रै उडान हुन्थ्यो, तर यो वर्ष त चाप अधिक छ । मौसमले चाँहि अलिक चुनौती दिरहेको छ, नत्र उडान र यात्रुको सङ्ख्या राम्रो छ ।’

पर्यटकको सङ्ख्या बढेसँगै सिजनमा मात्रै उडान भर्ने विमान कम्पनीहरुले समेत अहिले उडान तालिका बनाएका छन् । पर्यटकीय सिजनमा निक्कै व्यस्त हुने यस विमानस्थल ‘अफ सिजन’मा फुर्सदिला हुने गर्थे। ‘स्प्रिङ’ सिजनका रुपमा वैशाख, जेठ, असार र असोज, कात्तिक, मङ्सिरलाई मुख्य पर्यटकीय सिजन मानिन्छ ।

सिजनमा पर्यटकले भरिभराउ हुने याे क्षेत्रमा सिजन सकिएसँगै चहलपहल कम हुने गर्दछ । तर यस वर्ष भने सिजन सकिएपछि पनि फाट्टफुट्ट पर्यटकहरु आइरहेका खुम्बु पासाङ ल्हामु गाउँपालिकाले जनाएको छ । कोरोना कहरका कारण लगातार दुई वर्षसम्म भ्रमणमा निस्कन नपाएका विदेशी पर्यटक अहिले आउने क्रम बढेको हो ।

पर्यटक बढेसँगै सगरमाथा क्षेत्रको विमानस्थल, होटल लगायत भ्रमण क्षेत्रहरु समेत चलायमान भएको छ ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया