जनप्रतिनिधिले ठेक्का लिने होइन: मन्त्री ज्वाला

 असोज १२, २०७५ शुक्रबार १९:१६:८ | अमर सुनार
unn.prixa.net

दैलेख – कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले जनप्रतिनिधिहरुले व्यक्तिगत लोभ र मोह त्याग्न आग्रह गर्नुभएको छ । 

जिल्ला समन्वय समिति दैलेखले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा उहाँले जनप्रतिनिधिले ठेकेदारी होइन जनताको काम गर्नुपर्ने सुझाव दिनुभयो । 

मन्त्री ज्वालाले डोजर किन्ने र आफ्नै स्थानीय तहका सडक खन्ने ठेक्का लिँदा जनताले पार्टीलाई प्रश्न गरेका र सम्पूर्ण जनप्रतिनिधिहरुलाई दाग लागेको टिप्पणी गर्नुभयो । ‘पार्टी र जनताले गरेको विश्वासमा खेलबाड गर्न तपाईंहरुलाई छुट छैन’ उहाँले सचेत गराउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा दैलेखका ११ वटै स्थानीय तहले आर्थिक वर्ष २०७४÷०७५ मा भए गरेका विकास गतिविधि र कार्य प्रगतिकोे जानकारी दिनुभएको थियो । 

वार्षिक समीक्षा कार्यक्रममा कर्णाली प्रदेशका सांसदहरु अम्मरबहादुर थापा, हिमबहादुर शाही, कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव ढुण्डीप्रसाद निरौला र नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्ष पूर्णबहादुर खत्रीले बोल्नुभएको थियो । 
 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया