धनकुटा क्याम्पसलाई भारतकाे एक्जिम बैंककाे ८ कराेड रुपैयाँ सहयाेग

 भदौ २८, २०७९ मंगलबार १३:३५:४९ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा – पूर्वकै उत्कृष्ट शैक्षिक गन्तव्यको रूपमा रहेको त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आङ्गिक क्याम्पस धनकुटा बहुमुखी क्याम्पस धनकुटाको भारतको एक्जिम बैंक अफ इन्डियाको सहयाेगमा भौतिक संरचना निर्माण गरिने भएको छ । 

भारतको एक्जिम बैंक अफ इन्डियाको आठ करोड रुपैयाँ लगानीमा धनकुटा क्याम्पसको प्रशासनिक भवन, कक्षा कोठा भवन, छात्रावास र पुस्तकालय भवन निर्माण गर्न लागिएको हो । एक्जिम बैंक अफ इन्डियाले इन्जिनियरिङको काम गरिरहेको र अब केही दिनदेखि काम सुरु गरिने सिनियर आर्किटेक्ट विनोद न्यौपानेले बताउनुभयाे । भवन निर्माणका लागि ६ महिनामा विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार हुनेछ । झन्डै तीन महिना अगाडिदेखि पुस्तकालय, प्रशासनिक भवनको परिकल्पना गरिएको चित्र सार्वजनिक गरी सुझाव लिइ सकिएको र अबको ३० महिनाभित्र भवन निर्माण गरी क्याम्पसलाई हस्तान्तरण गर्ने योजना रहेको सिनियर आर्किटेक्ट न्यौपानेले बताउनुभयाे ।

एक्जिम बैंक अफ इन्डियाले त्रिभुवन विश्वविद्यालय अन्तर्गतका विभिन्न शैक्षिक संस्थालाई भूकम्पपछिको पुनर्निर्माणका लागि सहयोग गर्दै आएको छ । यसै क्रममा धनकुटा क्याम्पसलाई पनि सहयोग प्राप्त हुन लागेको धनकुटा बहुमुखी क्याम्पसका प्रमुख होमबहादुर बस्नेतले बताउनुभयाे । संरचना निर्माण भएपछि क्याम्पसको पठनपाठन तथा प्रशासनिक कामकाजमा सहज हुने क्याम्पस प्रमुख बस्नेतले बताउनुभयाे । 

२०१२ सालमा स्थापना भएको धनकुटा बहुमुखी क्याम्पसको कतिपय भवन जीर्ण बन्दै गएको छ । याे क्याम्पसमा मानविकी, शिक्षाशास्त्र, विज्ञान तथा प्रविधि अध्ययन संस्थानको बीएसी कार्यक्रम, व्यवस्थापन सङ्काय लगायतका विषयहरू स्नात्तकोत्तर तहसम्म पढाइ हुँदै आएको छ । याे क्याम्पस शिक्षाशास्त्र सङ्कायतर्फ पूर्वकै उत्कृष्ट गन्तव्यको रूपमा चिनिएको छ । यहाँ धनकुटासहित पूर्वी पहाडी जिल्ला भोजपुर, सङ्खुवासभा, तेह्रथुम, पाँचथर, ताप्लेजुङ, इलाम, सुनसरी, मोरङ लगायत विभिन्न जिल्लाबाट विद्यार्थी आउने गर्दछन् । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया