जापानमा शक्तिशाली समुद्री आँधी, ४० लाख मानिसलाई घर छाडेर सुरक्षित स्थानमा जान आग्रह

 असोज २, २०७९ आइतबार २०:२०:३१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

जापानमा अहिलेसम्म आएको ठूलोमध्येको एउटा समुद्री आँधी टाइफुन नान्मादोल दक्षिणी टापु क्युशुमा बज्रिएको छ । याे आँधी प्रतिघण्टा एक सय ८० किलोमिटरको गतिमा अघि बढिरहेको बीबीसीले जनाएको छ ।

आँधीका कारण केही क्षेत्रमा आज ठूलो पानी पर्ने अनुमान गरिएको छ । आँधीले ठूलो बाढी र पहिरो गराउन सक्ने भएकोले कम्तीमा ४० लाख मानिसलाई घर छाडेर सुरक्षित स्थानमा जान आग्रह गरिएको छ । तीव्र गतिका रेल, फेरीहरू र सयौँ उडानहरू रद्द गरिएका बीबीसीले जनाएको छ । जापानको जलवायु निकायले नान्मादोलका कारण तटीय क्षेत्रमा मुसलधारे वर्षा र आँधीबेहरी आउने जनाएको छ । हावाको गति निकै शक्तिशाली हुँदा घरहरू ध्वस्त हुनसक्ने जोखिम रहेको जलवायु निकायको भनाइ छ ।

जापानको जलवायु निकायका एक अधिकारीले यो आँधी सन् २०१८ मा आएको जेबी र सन् २०१९ को हगिबिस आँधीभन्दा खराब हुनसक्ने बताएका छन् । समुद्री आँधीसँग जुध्न जापानमा राम्रोसँग तयारी गर्ने गरिन्छ । तर जलवायु परिवर्तनले यस्ता विपद्हरू ठूला र थप विध्वंशकारी बनाइरहेको वैज्ञानिकहरूले बताएका छन् । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया