दैलेखमा खोलाले बगाएर २ जनाको ज्यान गयो

 असोज ५, २०७९ बुधबार २०:५:५१ | अमर सुनार
unn.prixa.net

प्रतीकात्मक तस्बिर

दैलेख – खोला तर्ने क्रममा बगेर दैलेखमा दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा भैरवी गाउँपालिका २ का ४३ वर्षीय वीरबहादुर थापा र महाबु गाउँपालिका ३ का ४६ वर्षीय कृष्णबहादुर बुढा रहेका जिल्ला प्रहरी कार्यालय दैलेखका इन्चार्ज एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) भुवनेश्वरप्रसाद साहले जानकारी दिनुभयो ।

बुधवार दिउँसाे भैरवी गाउँपालिका २ मा छामघाट खाेला तर्ने क्रममा दुवै जनालाई बगाएकाे थियाे । दुवै जनाकाे शव भैरवी गाउँपालिका १ खाेली बजार नजिकै छामघाट खाेलाकाे झाेलुङ्गे पुल नजिकै देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । दुवै जनाकाे शव पाेस्टमार्टमका लागि दैलेख जिल्ला अस्पताल लगिएकाे डीएसपी शाहले जानकारी दिनुभयाे । 

मृतक थापा र बुढा नाताले सम्धी हुनुहुन्छ । वीरबहादुरले सम्धी कृष्णबहादुरलाई घर पठाउन खोला तराउने क्रममा दुवै जनालाई बगाएकाे प्रहरीले जनाएकाे छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया