लगातारकाे वर्षाले जुम्लामा ५ दिनदेखि खानेपानी, बिजुली, टेलिफोनलगायतका सेवा बन्द

 असोज २४, २०७९ सोमबार १४:३७:५१ | नेत्र शाही
unn.prixa.net

तस्बिर : विक्रान्त क्षत्रीकाे फेसबुकबाट

जुम्ला – लगातारको वर्षाले जुम्लामा गएकाे पाँच दिनदेखि खानेपानी, बिजुली, टेलिफाेन, इन्टरनेट लगायतका सेवा बन्द भएकाे छ ।

वर्षासँगै आएकाे बाढी र पहिराेका कारण चिमारामा खानेपानीकाे पाइप चुडिएकाे छ भने चट्याङका कारण नेपाल टेलिकमको जुम्ला सदरमुकामको मुख्य कार्यालयको ओडीयू सेट बिग्रिँदा टेलिफोन सेवा बन्द भएको छ । टेलिफोन बन्द हुँदा विपद्काे सूचना लिनसमेत कठिन भइरहेको छ । 

ओडीयू सेटमा क्षति पुगेसँगै टेलिकमको इन्टरनेट सेवा बन्द भएको नेपाल टेलिकमले जनाएको छ । नेपाल टेलिकम जुम्लाका निमित्त प्रमुख पदमराज महताराका अनुसार ओडीयू सेट काठमाण्डौबाट ल्याउने तयारी गरे पनि मौसम खराबीले जहाज आउन नसकेकाे बताउनुभयाे । 

यसैगरी वर्षाका कारण पाेलमा क्षति पुग्दा बिजुली सेवासमेत बन्द भएकाे छ । लगातारको वर्षाले कर्णाली राजमार्गको एक दर्जन बढी ठाउँमा सडक पनि बन्द भएकाे छ । जुम्ला खण्डको गाडगडेनीमा ठूलो पहिरो खस्दा पाँच दिनदेखि यातायात सेवा बन्द भएकाे हाे । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया