दैलेखमा ३ जना स्वतन्त्रले उम्मेदवारी फिर्ता लिए

 असोज २६, २०७९ बुधबार १९:०:१३ | अमर सुनार
unn.prixa.net

दैलेख – आउँदाे मङ्सिर ४ गते हुने चुनावका लागि दैलेखमा उम्मेदवारी दिएका तीन जना स्वतन्त्रले उम्मेदवारी फिर्ता लिएका छन् । 

दैलेख क्षेत्र नं. २ (क) प्रदेश सभामा उम्मेदवारी दिनुभएका चक्रलाल सुना र क्षेत्र नं. २ (ख) प्रदेश सभामा उम्मेदवारी दिनुभएका राजेशकुमार शाहीले आज बुधवार उम्मेदवारी फिर्ता लिनुभएकाे हाे । उहाँहरू दुवै जनाले सत्ता गठबन्धनका उम्मेदवारलाई सघाउने जनाउनुभएकाे छ । सुनारले नेपाली कांग्रेसका उम्मेदवार घनश्याम भण्डारी र राजेशकुमार शाहीले नेकपा माओवादी केन्द्रका उम्मेदवार योगेन्द्र शाहीलाई समर्थन गरी उम्मेदवारी फिर्ता लिनुभएको हाे । 

यस्तै दैलेख क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवार गणेशबहादुर शाहीले पनि उम्मेदवारी फिर्ता लिनुभएको छ । 

तीन जना स्वतन्त्रले उम्मेदवारी फिर्ता लिएसँगै दैलेखमा अब ३३ जनाको उम्मेदवारी कायम भएकाे छ । मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश बलराम लम्सालले स्वतन्त्र पाँच जनाले आफूले चाहेको चुनाव चिह्न राेज्नुभएको र अरू २८ जना उम्मेदवारलाई सम्बन्धित दलको चुनाव चिह्न प्रदान गरिएकाे जानकारी दिनुभयाे । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया