प्यूठानमा जीप दुर्घटना एकजनाको मृत्यु

 असोज १५, २०७५ सोमबार १०:५०:४४ | एलबी थापा

प्यूठान – प्यूठानमा सोमबार बिहान भएको जीप दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

लु १ च ३४७२ नं को पिकअप जिप दुर्घटनामा गौमुखी गाउँपालिका ५ बस्ने शालिक बस्नेतको घटना स्थलमै ज्यान गएको हो । ठूलावेशीबाट बाग्दुला आउँदै गरेको जीप गौमुखी ५ सालीबिसौनामा दुर्घटनामा परेको हो ।

ओरालोमा गुडीरहेको गाडी ब्रेक फेल हुँदा बाटोको कुनामा ठोक्किएको प्रत्यक्षदर्शीले बताएका छन् । घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । स्थानीय र प्रहरीको सक्रियतामा उद्वार कार्य भैरहेको छ । 
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

एलबी थापा

एलबी थापा प्यूठानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया