धनकुटा : चाैबिसे गाउँपालिकाकाे अठारसयमा सम्पर्क सेवा कार्यालय, ‘अब घण्टाैँ हिँड्न पर्दैन’

 कात्तिक १, २०७९ मंगलबार १७:३४:३१ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा – धनकुटाको चौबिसे गाउँपालिका वडा नं. ८ अठारसयमा आज मङ्गलवार सम्पर्क सेवा कार्यालय स्थापना गरिएको छ ।

वडा कार्यालयले प्रवाह गर्दै आएको सेवा प्रवाह सर्वसुलभ ढङ्गले नागरिकलाई दिने उद्देश्यले सम्पर्क कार्यालय स्थापना गरिएको हो । स्थापना कालदेखि ८ नम्बर वडा कार्यालयले सोक्रोप्पामा रहेको वडा कार्यालयबाट सेवा दिँदै आएको थियो । तर त्याे वडाको अठारसय, आमडाँडा, केराबारीलगायतका ठाउँका नागरिकलाई वडाबाट सेवा लिन घण्टौँ हिँडेर जानुपर्ने बाध्यता थियो ।

अठारसयमा सम्पर्क सेवा कार्यालय स्थापना भएपछि वडाले प्रवाह गर्दै आएको सेवा लिन आफूहरूलाई सहज भएको स्थानीय निर्मला सुवेदीले बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘वडा कार्यालयबाट दिइने सामान्य प्रकारका सेवा लिन पनि घण्टौँ हिँडेर सोक्रोप्पा जानुपर्थ्याे । अब यहाँ सम्पर्क कार्यालय खुलेपछि सेवा लिन सहज भएको छ ।’ 

चौबिसे गाउँपालिका वडा नं. ८ ले अठारसयमा स्थापना गरेको सम्पर्क सेवा कार्यालयको संविधान सभाका पूर्वसदस्य टीकाराम चेम्जोङ र गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङले संयुक्तरूपमा उद्घाटन गर्नुभएकाे छ । सम्पर्क कार्यालयको उद्घाटन गर्दै संविधान सभाका पूर्वसदस्य टीकाराम चेम्जोङ अठारसयमा सम्पर्क सेवा कार्यालय स्थापना भएसँगै नागरिकलाई सेवा लिन सहज भएको बताउनुभयाे । सङ्घीयताको भावना र मर्मअनुसार सिंहदरबारको अधिकार घर–घरमा भन्ने नारा अनुरूप वडाको सेवा टोल–टोलमा पुर्‍याएकाे उहाँकाे भनाइ छ । 

अठारसयमा वडाको सम्पर्क कार्यालय स्थापना भएसँगै अब हप्ताको मङ्गलवार र बुधवार वडाले दिने सम्पूर्ण सेवा सम्पर्क कार्यालयबाट दिइइने ८ नम्बर वडाध्यक्ष धनबहादुर लिम्बूले बताउनुभयाे । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया