कर्णाली राजमार्ग पूर्ण रुपमा सञ्चालन

 कात्तिक ८, २०७९ मंगलबार ७:५६:२५ | मनिराज पाण्डे
unn.prixa.net

फाइल फाेटाे

कालीकाेट – कर्णाली राजमार्ग पूर्ण रुपमा सञ्चालन भएको छ । बर्खा तथा असोज १९ गतेदेखि लगातार परेको पानीले बन्द भएको सुर्खेत–जुम्ला सडक खण्ड पूर्णरुपमा खुलेको हो ।

सडक खुलाउन सडक डिभिजन कार्यालय जुम्ला, नेपाली सेना, निर्माण व्यवसायी र जिल्ला प्रशासन कार्यालयले निरन्तर पहल गरेका सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठले बताउनुभयो ।

हिजो बेलुका ९ बजेदेखि कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडक खण्ड सञ्चालनमा आएसँगै अब अवरोध नरहेको कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताउनुभयो ।

राजमार्ग सञ्चालनमा आएपछि सडकमा झण्डै १५ दिनदेखि रोकिएका गाडी गन्तव्यतर्फ लागेका छन् । कर्णाली राजमार्गको नाग्म–गमगडी सडकखण्ड यसअघि शनिवारदेखि नै खुलेको थियो । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया