कालीकोट : जितेगडामा पुल चढ्न भर्याङको सहारा

 कात्तिक १४, २०७९ सोमबार १०:१४:३२ | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट - कालीकोटको जितेगडामा झोलुङ्गे पुल बाढीले बगाएपछि स्थानीयले पुल चढ्न भर्याङको सहारा लिने गरेका छन् । असोज १९ गतेदेखि २५ गतेसम्मकाे  लगातारकाे वर्षापछि आएको बाढीले  पुलमा क्षति पुर्याएको थियो ।

अहिले कालीकाेटकाे जितेगडा पुगेका नागरिकले नरहरिनाथ, सान्नीत्रिवेणी, पचालझरना, पलाता गाउँपालिका र रास्कोट नगरपालिका आवतजावतका लागि यही पुलको प्रयोग गर्दै आएका छन् । त्यस्तै, बाजुरा र हुम्ला जाने नागरिक पनि यही पुलमार्फत आवतजावत गर्छन्।

सान्नीत्रिवेणी-१ मा रहेकाे लुसा गाउँ नजिकैबाट आएको पहिरोले कर्णाली करिडोर अवरुद्ध गरे पनि नागरिकको आवतजावत भने रोकिएको छैन । माथिबाट निरन्तर पहिरो खसे पनि आवतजावतका लागि छोटो बाटो हुने भएकाले उनीहरु यही पुलमार्फत हिँडडुल गर्दै आएका छन् ।

तत्काल नागरिकको सहज आवतजावतको लागि स्थानीयले भर्याङ निर्माण गरेर काम चलाइएको र पुल पुनः निर्माणका लागि समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताउनुभयो । अहिले भर्याङसहितको पुलको फोटो सामाजिक सञ्जालमा भाइरल भएकाे छ । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया