‘भेरिफाइड’ ट्विटर अकाउन्ट चलाउनेले मासिक आठ डलर तिर्नुपर्ने

 कात्तिक १६, २०७९ बुधबार ९:१५:० | एजेन्सी
unn.prixa.net

सामाजिक सञ्जाल ट्विटरको नीलो टिकसहित प्रमाणित् अर्थात् ‘भेरिफाइड’ अकाउन्ट चलाउनेले अब मासिक आठ डलर तिर्नुपर्ने भएको छ । ट्विटरका नयाँ मालिक एलन मस्कले नीलो टिकसहितको प्रमाणित अकाउन्ट हुने र अबका दिनमा निलो टिक पाउनेले मासिक ८ डलरको शुल्क लगाउने घोषणा गर्नुभएको बीबीसीले जनाएको छ ।

गएको हप्ता मात्रै ट्विटरको पूर्ण स्वामित्व लिएका मस्कले नक्कली अकाउन्टहरु नियन्त्रण गर्नका लागि यो कदम आवश्यक रहेको तर्क गर्नुभएको छ । शुल्क तिर्ने प्रयोगकर्तालाई सेवामा पनि प्राथमिकता हुने उहाँको भनाइ छ ।

मुख्य गरी शीर्ष नेताहरु, कलाकार, ब्यापारी, पत्रकारलगायतले एउटा संक्षिप्त अनलाइन फारम भरेर केही प्रक्रिया पूरा गरी नामको पछाडि नीलो टिकसहितको अकाउन्ट प्रयोग गर्दै आएका छन् । अहिलेसम्म यो सेवा निःशुल्क थियो । ट्विटरले विज्ञापनमा निर्भरता कम गर्न चाहेको पनि मस्कको दाबी छ । तर मासिक शुल्क उठाउने प्रकृया सहज र व्यावहारिक नभएको भन्दै यो कदमको आलोचना समेत भैरहेको छ ।

यसैबीच, केही प्रमुख ब्रान्डहरूले ट्विटरमा अब हुन सक्ने परिवर्तन र विज्ञापन प्लेटफर्मलाई ध्यानमा राखेर अस्थायी रुपमा विज्ञापन रोक लगाएका छन् । 
 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया