गोरखा १ मा कांग्रेसका बजगाईं १६ हजारभन्दा धेरै मतान्तरे विजयी

 मंसिर ७, २०७९ बुधबार २२:१३:५ | किरण लोहनी
unn.prixa.net

गाेरखा – गोरखा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका राजेन्द्र बजगाईं प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । गठबन्धनका उम्मेदवार बजगाईंले नेकपा एमालेका रामशरण बस्नेतलाई १६ हजार ६ सय ४३ मतको फराकिलो अन्तरले हराउनुभएको हो । बजगाईंले  ३३ हजार ४ सय २८ मत प्राप्त गर्दा बस्नेतले १६ हजार ७ सय ८५ मत प्राप्त गर्नुभयो । 

२०७४ सालको चुनावमा पनि बजगाईं र बस्नेत प्रतिस्पर्धी थिए । त्याे चुनावमा वाम गठबन्धनका उम्मेदवार बस्नेतले बजगाईंलाई हराउनुभएकाे थियाे । त्यति बेला प्रदेश सभा चुनावमा बाम गठबन्धनको बल पाएका बस्नेतलाई प्रतिनिधि सभामा हराउन बजगाईंलाई यो पटक सत्ता गठबन्धनको साथ रह्यो । बस्नेत नेकपा एमालेका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री बन्नुभएको थियो । 

बजगाईंकाे परिचय 

२०२९ सालमा गोरखाको (अहिलेकाे भीमसेनथापा गाउँपालिका १) मसेलमा जन्मनुभएका बजगाईं पर्यटन व्यवसायी हुनुहुन्छ । व्यवसाय सँगसँगै कांग्रेसको राजनीतिक गतिविधिमा सक्रिय उहाँ २ पटक कांग्रेसको केन्द्रीय सदस्यका उम्मेदवार बने पनि पराजित हुनुभएको थियो । १२ औँ महाधिवेशनमा गोरखाबाट कांग्रेस महासमिति सदस्य बन्नुभएका बजगाईं १३ औँ महाधिवेशनमा भने केन्द्रीय सदस्यमा पराजित हुनुभयो । १४ औँ महाधिवेशनमा पनि उहाँ महासमिति सदस्य बन्नुभयो तर केन्द्रीय सदस्यमा पराजित हुनुभयो । 

होटल र पर्यटन व्यवसायमा आबद्ध बजगाईंका केही आर्थिक कारोबार विवादास्पद बनेका थिए ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया