मकवानपुर-२ मा एमालेका महेश बर्तौला विजयी

 मंसिर ८, २०७९ बिहिबार ६:२४:२८ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - मकवानपुर जिल्ला प्रतिनिधि सभा क्षेत्र २ एमालेका युवा नेता महेशकुमार बर्तौला विजयी हुनुभएकाे छ ।  उहाँ ३४ हजार ९१६ मत प्राप्त गरी विजयी हुनुभएकाे हाे ।

नेकपा एमालेका युवा नेता बर्तौलाले सत्ता गठबन्धनका उम्मेदवार विरोध खतिवडालाई पराजित गर्नुभएकाे हाे । नेकपा एकीकृत समाजवादीका नेता तथा संघीय सरकारका पूर्व स्वास्थ्य मन्त्री खतिवडाले ३० हजार ३९६ मत प्राप्त गर्नुभयाे । खतिवडा ४ हजार २२० मतले पछि पर्नुभयाे । 

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका भरत पराजुलीले १२३९ मत पाउनु भएकाे छ । कुल ८६ हजार ६ सय ५२ मत खसेको ८६ हजार ३ सय ३ गन्दा बर्तौलाले ३४ हजार ९१६ मत पाउनु भएकाे हाे । आयोगले भने बर्ताैला विजय भएकाे घोषणा गर्न बाँकी छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया