कालीकोट प्रदेश सभा 'क' मा माओवादीका दुर्ग रावत निर्वाचित

 मंसिर ८, २०७९ बिहिबार ८:३८:५९ | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट -  एक मात्रै प्रतिनिधि सभा र दुई वटा प्रदेश सभा क्षेत्र रहेको कालीकोटमा प्रदेश सभा (क) नेकपा माओवादी केन्द्रबाट गठबन्धनका साझा उम्मेदवार दुर्ग रावत निर्वाचित हुनुभएकाे छ।

रावतले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका कुर्मराज शाहीलाई १ हजार ५९ मतान्तरले पराजित गर्नु भएकाे हाे । रावत  ९ हजार ११ मतले विजयी हुनुभएको छ भने उहाँका निकटतम् प्रतिस्पर्धी शाहीले ७ हजार ९ सय ५२ मत प्राप्त गर्नु भएकाे हाे।

त्यस्तै राप्रपाका सूर्य बहादुर शाहीले १ हजार ७१ मत प्राप्त गर्नु भएको छ भने नेमकिपाका रविन्द्र बहादुर शाहीले १ हजार १ सय ७२ ल्याउनु भएको छ।

 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया