चार महिनामा १ हजार १८ वटा विद्युतीय गाडी भित्रिए, पोहोरको तुलनामा झण्डै दोब्बर धेरै

 मंसिर ११, २०७९ आइतबार १५:५:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – चालु आर्थिक वर्षको चार महिना अर्थात् साउनदेखि कात्तिकसम्म एक हजार वटा भन्दा धेरै विद्युतीय गाडी भित्रिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको चार महिनाको तथ्यांक अनुसार साउनदेखि कात्तिकसम्म एक हजार १८ वटा विद्युतीय कार, जीप र भ्यान नेपाल भित्रिएका हुन् ।

गएको आर्थिक वर्षमा कुल १८ सय ७ वटा विद्युतीय गाडी भित्रिएकोमा यो वर्ष चार महिनामै एक हजार १८ वटा गाडी आयात भएका हुन् । गत वर्षको पहिलो चार महिनामा जम्मा ६ सय ७३ वटा विद्युतीय गाडी आयात भएका थिए ।

विदेशी मुद्राको सञ्चिति कम हुँदै गएको भन्दै सरकारले पेट्रोल र डिजलबाट चल्ने निजी प्रयोजनका गाडी आयातमाा प्रतिबन्ध लगाएपछि विद्युतीय गाडीको आयात बढेको हो । यस्तै सरकार र निजी क्षेत्रले देशका विभिन्न ठाउँमा चार्जिङ स्टेशन बनाइरहेको, गाडी चार्जमा  विद्युत् महशुल शुल्क पनि घट्दै गएको र डिजल तथा पट्रोलको भाउ बढिरहेकाले विद्युतीय गाडीको प्रयोग बढिरहेको छ ।

नेपालमा साधारणतया ३० देखि ८० लाख रुपैयाँसम्मका विद्युतीय गाडी खरिद बिक्री हुने गरेका छन् । तर टेस्ला, हुन्डाई, एमजी लगायतका कम्पनीका केहि मोडलका गाडीको मूल्य भने एक करोड रुपैयाँ भन्दा धेरै रहेको छ ।
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया