बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा काठमाण्डौमा एक जनाको ज्यान गयो, एक जना घाइते

 मंसिर १३, २०७९ मंगलबार ७:५०:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डौमा गएराति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

टोखा नगरपालिका-६ ग्रिनल्याण्डमा गएराति बा ७४ प ५७५९ नम्बरको मोटरसाइल बिजुलीको पोलमा ठोक्किँदा चालक नुवाकोट पञ्चकन्या गाउँपालिका-४ का २६ वर्षका सविन कँडेलको ज्यान गएको प्रहरीले जनाएको छ ।

कँडेलको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा राति साढे ११ बजे ज्यान गएको हो । यस्तै, मोटरसाइकलको पछाडि बस्ने नुवाकोट पञ्चकन्या गाउँपालिका-४ कै २२ वर्षका सन्देश कार्की घाइते हुनुभएको छ । कार्कीकाे ग्राण्डी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  
 

अन्तिम अपडेट: कात्तिक १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया