चेपे ए जलविद्युत् आयाेजनामा सुरक्षाको प्रत्याभूति गराउन माग

 पुस २, २०७९ शनिबार १८:२३:२१ | किरण लोहनी
unn.prixa.net

गोरखा – गोरखा र लमजुङको सीमा चेपे खोलामा निर्माण भैरहेको चेपे ए जलविद्युत् आयोजना निर्माण स्थलमा शान्ति सुरक्षाको प्रत्याभूति गराउन आयोजना सञ्चालक समितिले माग गरेको छ ।

गएकाे मंसिर २४ गते आयोजनामा तोडफोड र आगजनी भएपछि निर्माणका थप काम अघि बढाउन समस्या भएको भन्दै सञ्चालक समिति चम्पावती हाइड्रोपावर लिमिटेडले सुरक्षाको प्रत्याभूति गराउन सरकारसँग माग गरेको हो । चम्पावती हाइड्रोपावर लिमिटेडले गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गर्दै लगानी र भौतिक संरचनाको सुरक्षाको ग्यारेन्टी नभई आयोजनाको बाँकी काम सुरु गर्ने अवस्था नरहेको जनाएको हो । 

७ मेगावाट क्षमताको निर्माणाधीन आयोजनाको गोरखाको सिरानचोक गाऊँपालिका २ कुभिण्डेबेसीमा रहेको कार्यालयमा भएको तोडफोड र आगजनीमा ३ करोड बढीको क्षति भएको आयोजनाको दाबी छ । आयोजनामा तोडफोड र आगजनीका कारण भएको भौतिक क्षति, आयोजना निर्माणमा हुन जाने ढिलाईले गर्दा लागत बढ्ने तथा आम्दानी घटन गई झण्डै ३३ करोड ४० लाख रुपैयाँको क्षति रहने चम्पावती हाइड्रोपावर लिमिटेडका अध्यक्ष हरीराम पराजुलीले बताउनुभयो । 

सम्बन्धित समाचार

 


अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया