दक्षिण कोरियाको भिसा शुल्कमा ६ सय रुपैयाँले वृद्धि

 पुस २१, २०७९ बिहिबार १६:२३:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ईपीएस मार्फत रोजगारीको लागि दक्षिण कोरिया जाने श्रमिकले पहिले तिर्दै आएको भिसा शुल्कमा केही रकम बढेको छ ।

नेपालमा रहेको दक्षिण कोरियाली दूतावासले गएको जनवरी १ तारिखदेखि लागू हुनेगरि भिसा शुल्कमा ६ सय रुपैयाँ बढाएको ईपीएस कोरिया शाखाले जनाएको छ । पहिले ७ हजार २ सय रुपैयाँ शुल्क लिँदै आएकोमा अहिले बढेर ७ हजार ८ सय रुपैयाँ पुगेको हो ।

श्रमिक भिसा जारी गरेको पुष्टिको प्रमाणपत्र (सीसीभीआई) फारम भर्ने व्यक्तिहरुले भिसा शुल्कसहित बुझाउनुपर्ने हुन्छ । 

कोष तथा लेखा नियन्त्रण कार्यालय ललितपुरको नाममा नेपाल बैंक लिमिटेड गावाहल, खाता नम्बर ०१८०१०००००२००६०००००१ मा जम्मा गरेको सक्कल भौचर सीसीभीआई फारमसहित बुझाउन पनि शाखाले आग्रह गरेको छ ।
 

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया