एक सय वर्ष पुरानो जापानी साप्ताहिक पत्रिका बन्द हुने

 माघ ६, २०७९ शुक्रबार ६:४०:१५ | एजेन्सी
unn.prixa.net

जापानको साप्ताहिक समाचार पत्रिका शुकान असाहीले आफ्नो १०० वर्षभन्दा लामो प्रकाशन इतिहास आउँदा मे महिनामा अन्त्य गर्ने भएको छ । 

असाही शिम्बुन पब्लिकेशन्स इङ्कले साप्ताहिक पत्रिकाको बजार खुम्चिँदै गएको र विज्ञापनबाट हुने आम्दानीमा कमी आएको भन्दै डिजिटल सञ्चार सामग्री र पुस्तक प्रकाशनमा आफ्नो स्रोत बढी केन्द्रित गर्ने भएकोले यस्तो निर्णय गरेको जनाएको छ ।

सन् १९२२ मा सुरु भएको शुकान असाही राजनीति, अर्थशास्त्र र संस्कृतिलगायत विविध विषयमा योगदान गर्दै आएको जापानको सबैभन्दा पुरानो साप्ताहिक पत्रिका हो ।

प्रकाशकका अनुसार सन् १९५० को दशकमा साप्ताहिक शुकान असाहीको सर्कुलेसन १० लाख नाघेको थियो तर गएकाे डिसेम्बरमा पत्रिकाको ७४ हजार एक सय २५ प्रतिमात्र बिक्री भएको थियो ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया