ढलेको ढल्यै छ हेलम्बु (फोटो फिचर)

 माघ ८, २०७९ आइतबार १६:३४:२६ | सन्जिता देवकोटा
unn.prixa.net

हेलम्बु – सिन्धुपाल्चोकको हेलम्बुमा २०७८ असार १ गते र १६ गते गरी दुई पटक अकल्पनीय बाढी आयो ।

बाढीले धान फल्ने खेतलाई बगर बनाइदियो । हेलम्बुको किउल, चनौटे लगायतका मेलम्ची खोला छेउका सयौँ घरहरू बाढीमै बिलाए । बाढीले ढालेका घरहरू अहिले पनि ढलेको ढल्यै छन् । सयौँले आफ्नो घर र खेत कहाँ थियो भन्ने निसानासम्म पत्ता लगाउन सकेका छैनन् ।

आफ्नो घर र धान फल्ने खेत अहिले बगरमा परिणत भएको स्थानीय बताउँछन् । बाढीले तहसनहस बनाउनुअघि चहलपहल हुने चनौटे बजारका पक्की घरहरू बालुवा र बडेमानका ढुङ्गाले आधा पुरिएका छन् ।

तस्बिरमा हेर्नुहोस् बगर बनेको हेलम्बु :

 

तस्बिर : सन्जिता देवकोटा/ उज्यालाे ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया