पोखरामा जलेर दुई जना घाइते

 माघ १५, २०७९ आइतबार १३:५९:३६ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की - पोखरामा जलेर दुई जना घाइते भएका छन् । पोखरा महानगरपालिका वडा नम्बर १३ काहुँखोलाका दुई जना जलेर घाइते भएका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

घाइते हुनेहरुमा ४३ वर्षका पुरुष र ३५ वर्षकी महिला रहेका छन् । बिहान जलेर घाइते भएका उनीहरुलाई छिमेकीहरुले उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगेको छ । गम्भीर घाइते भएकी महिलाको आईसीयूमा राखेर उपचार भइरहेको छ भने पुरुषको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

आगो लागेका पुरुषलाई बचाउन जाँदा पुरुषकी घरबेटी समेत रहेकी महिला घाइते भएकी विवरण प्राप्त भए पनि आत्मदाहको प्रयास भएको वा अरु केही हो भन्नेबारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले कास्कीले जनाएको छ । 

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया